+
+

रातभर हिरासतमा बसेर शनिबार बिहान रिहा भए अल्लु अर्जुन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १७:१६

काठमाडौं । ‘पुष्प २’ अभिनेता अल्लु अर्जुन शनिबार बिहान हैदराबादको चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएका छन् । उनका बुबा अल्लु अरविन्द र ससुरा कंचर्ला चन्द्रशेखर रेड्डी उनलाई लिन जेल पुगेका थिए । अल्लु करिब १८ घण्टा हिरासतमा रहे । रिलिजपछि अल्लु गीता आर्ट्स प्रोडक्सन हाउस पुगे ।

यसपछि अल्लु करिब शनिबार बिहान ९ बजे हैदराबादस्थित आफ्नो घर पुगे । आमालाई अँगालो हालेर घरभित्र पसे । परिवारका सदस्यसँग भेट गरे । त्यसपछि उनले मिडियासँग कुरा गरे ।

अल्लुलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको थियो । उनीमाथि गत डिसेम्बर ४ मा हैदरावादमा भएको ‘पुष्प २’को प्रिमियरका क्रममा बिना जानकारी सन्ध्या थिएटरमा पुगेको आरोप छ । जसका कारण त्यहाँ भीड जम्मा भयो र भागदौड मच्चियो । एक महिलाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

पक्राउपछि उनलाई ४ बजे स्थानीय अदालतमा पेस गरिएको थियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो । अल्लुले तेलंगाना उच्च अदालतमा अन्तरिम जमानतका लागि अपिल गरेका थिए । साँझ ५ बजे उनलाई ५० हजार भारुको व्यक्तिगत धरौटीमा अन्तरिम जमानत दिइएको हो ।

अल्लु शुक्रबार राति नै रिलिज हुने अपेक्षा गरिएको थियो तर त्यसो भएन । अदालतको आदेशको प्रतिलिपि नपाएको जेल प्रशासनले जनाएको छ । अल्लुका वकिलले भने– अल्लु अर्जुन अहिले रिहा भएका छन् । कारागार प्रशासनलाई उच्च अदालतको आदेशको प्रतिलिपि दिइएको भएपनि उनी यसअघि रिहा भएनन् । यो अवैध हिरासत हो, हामी कानुनी कारबाहीको माग गर्छौं । जेल प्रशासनले जवाफ दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?