
१७ माघ, काठमाडौं। बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक होलिडे प्याकेज ल्याएको छ ।
कोभिडको तेस्रो लहरपछि सुस्ताएको पर्यटन क्षेत्रलाई गतिशील बनाउन उक्त प्याकेज लयाएको हो ।
पहिलो चरणका लागि पोखरा र भरतपुरलाई छनौट गरिएको कम्पनीले जनाएको छ।
विस्तारै देशका अन्य पर्यटकीय गन्तव्यहरुमा सजिलो र सहज होलिडे प्याकेजहरु ल्याईने बुद्ध एयर तथा होलिडेजका सिनियर एक्जुकेटिभ म्यानेजर पराशरजंग पाण्डेले बताए।
उक्त प्याकेजमा दुईतर्फि हवाई टिकट, पोखरामा एयरपोर्ट पिकअप–ड्रप, ट्वीन शेयरिङ एसी रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको छ।
यो अफर फेब्रअरीको १५ तारिखसम्म हुनेगरि लागु गरिएको कम्पनीले जनाएको छ । संक्रमणरहित होलिडे प्याकेजका लागि यात्रुवर्गले पनि स्वास्थ मापदण्ड अपनाई प्याकेजको आनन्द लिनसमेत कम्पनीले आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4