+
+

सचिवहरूलाई अर्थमन्त्रीले भने : एउटै विषय दोहोर्‍याइरहनु राम्रो होइन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १५:३८

१८ माघ, काठमाडौं । पुँजीगत खर्च कम हुनुमा अर्थ मन्त्रालयले गाली खान्छ, तर खर्चको जिम्मेवारी विकासे मन्त्रालयसँग रहने भन्दै अर्थमन्त्रीले पुन: विकासे मन्त्रालयका सचिवहरूलाई आफ्नो निर्देशनबारे  सचेत गराएका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्माले पुनः विकासे मन्त्रालयका सचिवहरूसँग गुनासो गरे । उनले पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाव दिइरहनु राम्रो नहुने बताए । अर्थ मन्त्रालयमा आर्थिक वर्ष ०७८/७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले ‘खर्च गर्नुहोस्’भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताए ।

‘पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक होइन राम्रो कुरा होइन’, उनले भने, ‘समस्याको सहजीकरण गर्नु ठिकै हो । तर, खर्च गर्नुपर्छ भनेर दबावको रूपमा दबाव दिइरहनुपर्ने कुरा ठीक संस्कार होइन ।’ मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ-आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाव दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवले खर्च हुन सक्ने/नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन दिए । जनतामा सरकारले पुँजीगत खर्च गर्नै नसक्ने भन्ने सन्देश प्रवाह भएको भन्नुहुँदै खर्च गर्न सकिने तथा नसकिने योजनाहरूको सूची बनाउन निर्देशन दिएका छन् ।

खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्नसमेत उनले निर्देशन दिए । उनले खर्चको अर्धवार्षिक समीक्षापछि आ-आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर्देशन दिएका छन् ।

पुँजीगत खर्च बढी हुने मन्त्रालयहरूले विशेषगरी अग्रसरता लिएर योजनालाई अगाडि बढाउनुपर्नेमा पनि मन्त्री शर्माले जोड दिए । त्यसमा पनि पछिल्लो समय कृषि मन्त्रालयको भूमिका थप हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?