+
+
Shares

विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते १२:४९

२७ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र खर्चबीचको खाडल यस वर्ष पुर्ने प्रयासमा आफू रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको प्रिबजेट छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘विनियोजन र खर्चका बीचको खाडल हामीले नै खनेका हौं, यस वर्ष अर्थमन्त्री यो खाडल पुर्न चाहन्छ, सबैले साथ दिनुहोस ।’

यस वर्ष बजेटमा ७ हजार आयोजनामा ११ हजार आयोजना थपिएकोमा व्यङ्ग्यसमेत गरे । उनले संविधानको सीमाभित्र सबै बस्ने हो भने विनियोजनमा विकृति नहुने उनको भनाइ छ ।

अनुमान गरेभन्दा बाहिरबाट स्रोत सिर्जना हुँदा चालु खर्च बढ्ने गरेको उनले बताए । यस वर्ष अदालतको आदेश, शिक्षकका माग पूरा गर्दा दायित्व थप भएको उनको भनाइ छ ।

यो सामर्थ्यको दायराभन्दा माथि पुगेको उनको भनाइ छ । सामाजिक सुरक्षामा प्रतिस्पर्धा गर्दा विकृत्ति भएको उनको भनाइ छ । स्वास्थ बीमा नेपाललाई महत्त्वपूर्ण रहेको भए पनि स्रोत र खर्चमा खाडल रहेको उनले स्वीकार गरे ।

बहुवर्षीय स्रोत सुनिश्चिततामा अभिलेखमा समस्या रहेको भन्दै कैयौं दशकमा पूरा गर्न नसक्ने आयोजना रहेको उनको भनाइ छ ।

न्यून विनियोजना समेत अर्को समस्या रहेको उनको स्विकारोक्ति छ । राजस्वले साधारण खर्च धानिरहेको भन्ने देखाउन त्यै अनुसार बजेट लोड भैरहेको उनले उदाहरण दिए । ‘हामी समस्यै समस्याको चाङमा छौं, यो अवस्थाबाट अगाडि बढ्नुपर्ने छ,’ उनले भने ।

सामाजिक सुरक्षा, बिमामा दोहोरोपन रहेको भन्दै उनले बजेट प्रणालीका विकृति सुनाए । स्थानीय सरकारले पैसा बाढ्ने कार्यक्रममा जोड दिएका कारण यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

संघीय सरकार पुँजी सिर्जना हुने आयोजनामा केन्द्रित हुनुपर्ने भन्दै उनले ठुला आयोजनामा यसवर्ष जोड दिइने उनको भनाइ छ ।

बजेट निर्माणको अभ्यासलाई वास्तविकता हुनुपर्नेमा आफू सहमत रहेको उनको भनाइ छ ।

कार्यान्वयन सुनिश्चितता सहितको बजेट निर्माणको कोसि भइरहेको उनले जानकारी दिए ।

स्रोतको लक्जरी नभएको भन्दै उनले त्यै सिमाभित्रै रहेर बजेट बन्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?