+
+

कर्णालीमा टुक्रे योजना कार्यान्वयन नगर्ने सर्वदलीय सहमति

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १५:४७
कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय

१८ माघ, सुर्खेत । कर्णालीमा प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच ७ बुँदे लिखित सहमति भएको छ, सहमतिपछि कर्णाली प्रदेशसभामा एमालेले गर्दै आएको अवरोध हट्ने भएको छ ।

प्रदेश सरकारले यसअघि बजेटमा राखेका टुक्रे आयोजनामध्ये मुख्यमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रम र पूर्वाधार विकास कार्यक्रम बाहेक १५ लाख रुपैयाँभन्दा कमका योजनाहरु कार्यान्वयन नगर्ने सहमति भएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि स्थानीय तह र प्रदशेसभा सदस्यको भूमिकालाई यथावत राखेर कार्यविधि सुधार गर्ने र वडा समितिको सिफारिस गरेको उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने सहमति भएको छ ।

एमालेले प्रदेश सरकारले सञ्चालन गरेका पुराना अलपत्र योजनाहरूलाई पूर्णता दिनुपर्ने, विगतमा प्रदेश सरकारले छानेर पूरा हुन नसकेका आयोजनामा बजेट व्यवस्थापन गर्नुपर्ने र बजेट संशोधन हुनुपर्ने माग अघि सार्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । त्यस्तै टुक्रे आयोजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको भन्दै त्यसलाई हटाउन माग गरेको थियो ।

मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख प्रतिपक्ष दल एमालेका नेता यमलाल कँडेल, उपसभामुख पुष्पा घर्ती, माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाही र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाहीबीच भएको छलफलमा एमालेका माग सम्बोधन गर्ने सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?