+
+

जेठमा हुने स्थानीय चुनावमा पनि गठबन्धन मिलेर अघि बढ्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १९:०९

१९ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने बताएका छन् ।

बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल चलाइरहेको बताए ।

‘जेठमा चुनाव हुन गइरहेको छ । त्यो चुनावमा पनि गठबन्धनका दलहरु मिलेर अगाडि बढ्नेछ’ उनले भने, ‘ त्यसका लागि हामीले छलफल चलाइरहेका छौं ।’

अध्यक्ष नेपालले कसैले चाहना राख्दैमा सत्तारुढ गठबन्धन नटुट्ने पनि बताए । ‘कसैले चाहना राखेका होलान्, गठबन्धन तोडौं भनेका होलान्, गठबन्धन तोड्नुस् साथ दिन्छौं पनि भनेका होलान् । सबै खालका कोशिस भइरहेको होलान् । तर उनीहरुको गलत मनसाय सफल हुनेवाला छैन’ उनले भने ।  ।

सत्तारुढ गठबन्धनका कारण दक्षिणपन्थी शक्तिहरुमा त्रास पैदा भएको भन्दै नेता नेपालले राष्ट्रिय सभा निर्वाचनबाट सुरु भएको चुनावी गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि जारी रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?