+
+

एनसेलको ‘ननस्टप टाइम प्याक’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १५:२१

एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ अफर ल्याएको छ । अब एनसेलका ग्राहकहरूले मोबाइल डाटाको आवश्यकता पूरा गर्न टाइम प्याकहरू लिनसक्ने भएका छन् । जसमा ग्राहकले १५ मिनेट र २ घण्टाका लागि डाटा सेवा लिन सक्नेछन् ।

कम्पनीले पहिले नै एक घण्टा समयावधी भएको डाटा प्याक उपलब्ध गराउँदै आएको छ । ग्राहकलाई आफ्नो आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डाटा प्याक ल्याएको कम्पनीले जनाएको छ । यस योजनामा ग्राहकले करसहित रु. १० मा १५ मिनेटको डाटा प्याक लिन सक्छन् । त्यसैगरी, २ घण्टाको डाटा प्याक रु. ३० मा लिन सक्छन् । यी प्याकहरू सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पनि लिन सक्छन् ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डाटा प्याकहरू लिन सक्छन् । यदि ग्राहकले प्याकको समयभन्दा बढी डाटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डाटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा ‘पे एज यू गो’ को दर अनुसार डाटा शुल्क लाग्दछ । यी टाइम प्याकहरूको अवधि ग्राहकले प्याक सुचारु गरेको समयको आधारमा गणना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?