
१९ माघ, मकवानपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटेमा आज सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बकैया गाउँपालिका-७ बस्ने ३७ वर्षीय शिवप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उनका अनुसार दिउँसो बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्वरको बस र विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा सुवेदी गम्भीर घाइते भएका थिए ।
मोटरसाइकलमा सवार सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । यस्तै सोही दुर्घटनामा परी मोटरसाइकल चालक दोलखा बस्ने ४६ वर्षीय थनकप्रसाद दुलाल घाइते भएका छन् । उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया 4