+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

फेसबुकको क्रिप्टोकरेन्सी २२ अर्ब रुपैयाँमा बिक्री हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १८:३८

१९ माघ, काठमाडौं। सोसल मिडिया कम्पनी मेटा (फेसबुक) ले आफ्नो क्रिप्टोकरेन्सी बिक्री गर्ने भएको छ । मेटाले आफ्नो डिएम (Diem) नामक क्रिप्टोकरेन्सी १८ करोड २० लाख डलरमा बिक्री गर्ने भएको हो ।

फेसबुकको क्रिप्टोकरेन्सी परियोजना सञ्चालन गरिरहेको द डिएम एसोसिएसनले एक घोषणा गर्दै आफ्नो क्रिप्टोकरेन्सीको सम्पूर्ण सम्पत्ति सिल्भरगेट क्यापिटल कर्पोरेसनलाई बिक्री गर्न लागेको जनाएको हो ।

सन् २०१९ मा लिब्रा नामबाट शुरू भएको फेसबुकका क्रिप्टोकरेन्सी शुरूवाती चरणबाटै नीतिनिर्माताहरुको विरोधको तारो बनेको थियो।

अमेरिकाका संघीय नियामकहरुसँगको छलफलबाट क्रिप्टोकरेन्सी परियोजना अगाडि बढाउन नसकिने प्रष्ट भएको हुनाले डिएम ग्रुपको सम्पूर्ण सम्पत्ति सिल्भरगेटलाई बिक्री गरिएको डिएमका प्रमुख कार्यकारी स्टुआर्थ लेभीले जनाएका छन्।

स्मरण रहोस् क्रिप्टोकरेन्सी परियोजना सञ्चालन गरिरहेको डिएम एसोसिएसन स्वायत्त संस्था भएपनि फेसबुकको सम्पूर्ण लगानी रहेको छ।

फेसबुकले अन्य क्रिप्टोकरेन्सीको तरल तथा उतारचढावपूर्ण मूल्यको विपरीत राष्ट्रिय मुद्राहरुजस्तै स्थिर डिजिटल मुद्राको रुपमा स्थापित गर्ने मनसायका साथ लिब्रा शुरू गरेको थियो । तर उसले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेन।

फेसबुकका पूर्व क्रिप्टो विभाग प्रमुख तथा डिएमका सहसस्थापक डेभिड मार्कसले एक ट्विट गर्दै अधिक स्वीकार्य प्रवर्धकको रुपमा स्लिभरगेटलाई क्रिप्टोकरेन्सी बिक्री गर्ने निर्णय सही रहेको टिप्पणी गरेका छन्। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?