+
+

भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १३:३९

२० माघ, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका-३ का ८० वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-८ का ८६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

८० वर्षीय पुरुषमा माघ १६ गते संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति १:५० बजे मृत्यु भएको थियो ।

८६ वर्षीय पुरुषमा माघ १३ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार बिहान ९ बजे मृत्यु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?