+
+

कांग्रेसले सभामुखलाई महाभियोग लगाए साथ दिन्छौं : रायमाझी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १५:३१

२० माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले, नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन् । यद्यपि आफूहरुले नै अग्रसर भएर महाभियोग लगाउनेबारे नसोचेको उनको स्पष्टोक्ति थियो ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताए । ‘सभामुख विधिसम्मत रुपमा चल्नुभएन । यदि कांग्रेसले महाभियोग लगायो भने हामी साथ दिन्छौं,’ उनले भने, ‘हामी आफैंले महाभियोग लगाउनेबारे सोचेका छैनौं । महाभियोग लगाउन हामीसँग बहुमत पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?