+
+
Shares

प्र्याङ्क भिडियोको विषयमा गृहमन्त्रालयको चेतावनी सकारात्मक : ओरेक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १७:३५

२० माघ, काठमाडौं । गृहमन्त्रालयले प्र्याङ्कको नाममा सर्वसाधारणलाई हैरानी दिनेगरी भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने भनी दिएको चेतावनीलाई महिला पुनर्स्थापना केन्द्र(ओरेक) ले स्वागत गरेको छ ।

प्र्याङ्कको नाममा सार्वजनिकस्थलमा महिलाहरूको शोषण भएको भन्दै ओरेकले गृह मन्त्रालयको कदमको स्वागत गरेको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए ।

गृहमन्त्रालयले गत माघ १३ गते सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिबिना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । ओरेकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’प्र्याङ्कको नाममा सर्वसाधारण व्यक्तिहरूलाई मानसिक तथा शारीरिक रुपमा दिने सास्ती, हैरानी र सामाजिक सञ्जालमा उक्त गतिविधि प्रकाशन, प्रसारण गरी व्यक्तिको गोपनीयता र प्रतिष्ठामा पार्ने असरप्रति ध्यानाकर्षण भएकोमा उक्त पहललाई महिला पुनर्स्थापना केन्द्र (ओरेक) हार्दिक स्वागत गर्दछ ।’

साथै ओरेकले ३२१ महिला तथा किशोरीमा गरेको अध्ययनमा ४० प्रतिशतले सार्वजनिक यातायातमा आफूमाथि हिंसा भएको बताएका छन् । गृहले अन्य मन्त्रालयसँग समन्वय गरेर हिंसा अन्त्यका लागि नीतिगत पहल गर्नुपर्ने र विद्युतीय कारोबार ऐन २०६३ को प्रभावकारी कार्यान्वयन गर्नुपर्ने ओरेकले बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?