+
+

देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १३:०५

२१ माघ, काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन विस्तार प्रक्रियालाई तीव्र बनाएको छ । कम्पनीले अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारी साधनका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको कम्पनीको भनाइ छ ।

हुन्डाईको विद्युतीय गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि विद्युतीय गाडीमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरु विस्तारलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको कम्पनीको भनाइ छ ।

नेपालको सबै राजमार्गमा र स्थानीय रुटहरुमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि विद्युतीय गाडी चार्जिङ पोइन्ट नभएकोले नै चार्जिङ नेटवर्क विस्तारलाई प्राथमिकता दिइएको कम्पनीले बताएको छ ।

चार्जिङ स्टेशन विस्तार भएसँगै चालकहरुलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । हुन्डाईका चार्जिङ स्टेशनहरु मोवाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ । पहिलो चरणको ४० चार्जिङ स्टेशन स्थापना गर्न सफल भइसकेको भन्दै कम्पनीले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?