२१ माघ, बुटवल । टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।
विमानस्थल नजिक चट्याङ परेका कारण टावरमा समस्या आएको विमानस्थलले जनाएको छ ।
शुक्रबार परेको वर्षा र हावासँगै विमानस्थल नजिकै चट्याङ परेको थियो । टावरमा समस्या देखिएपछि शुक्रबार दिउँसोदेखि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
चट्याङले टावरको तार चुँडिएको र रन वेको पिएपिआइ लाइट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले बताए ।
पिएपिआइ लाइट बने शनिबार बिहानदेखि विमानस्थल सूचारु हुने अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने दाहालले जानकारी दिए ।
प्रतिक्रिया 4