
२३ माघ, काठमाडौं । कोभिड-१९ बाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो ।
सो मन्त्रालयले शनिबार यहाँ कोभिड-१९ बाट एक हजार ५९ जनाको ज्यान गएको पनि बताएको छ । यहाँ केही हप्ता यता संक्रमणको संख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन । शनिबार मात्र त्यो भन्दा अघिको २४ घन्टामा एक लाख २७ हजार जनामा कोभिड-१९ को संक्रमण पाइएको पनि सो समाचरमा जनाइएको छ ।
यहाँका अधिकारीहरूले अहिलेसम्म भारतमा कोभिड-१९ बाट चार करोड २० हजारभन्दा बढी मानिस संक्रमित भएका थिए । भारतमा पछिल्ला समयमा ओमिक्रोनको संक्रमण बढेको हो । तर, यहाँ यसअघिको दोस्रो वेभमा डेल्टा भाइरसको संक्रमणका समयमा भन्दा बढी खतरनाक अवस्था भने रहेको छैन ।
प्रतिक्रिया 4