+
+

चीन र डब्ल्यूएचओ मिलेर कोभिड-१९ को उत्पत्तिबारे छानबिन गर्न इच्छुक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १५:११

२३ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन र चीनले कोभिड-१९ को उत्पत्तिबारे मिलेर छानबिन गर्ने इच्छा व्यक्त गरेका छन् ।

महामारी सुरु भएयता पहिलो पटक चीन पुगेका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एडानोम गेब्रेयसस र चिनियाँ प्रधानमन्त्री लि खछ्याङबीच भएको छलफलमा दुवै पक्षले कोभिड-१९ को उत्पत्तिबारे मिलेर सशक्त रुपमा छानबिन गर्ने इच्छा व्यक्त गरेका हुन् ।

गेब्रेयसस र खछ्याङबीच शनिबार भएको छलफलमा कोरोना भाइरसको उत्पत्तिको छानबिनका लागि दुवै पक्षले ‘सशक्त सहकार्य’ गर्न चाहेको साउथ चाइना मर्निङ पोष्टले जनाएको हो । त्यस्तो छानबिन विज्ञान र तथ्यमा आधारित हुनुपर्नेबारे दुबै पक्षले छलफल गरेको समाचारमा उल्लेख छ ।

गेब्रेयसस र खछ्याङले कोभिड खोपलाई विश्वभर समान रुपमा वितरण गर्नुपर्ने आवश्यकताबारे समेत छलफल गरेका थिए । डब्ल्यूएचओले कोरोना भाइरस वुहानस्थित ल्याबबाट चुहिएको दाबीबारे थप अनुसन्धान गर्ने योजना बनाइरहेका बेला चीनले समेत मिलेर कोभिड-१९ को उत्पत्तिबारे मिलेर छानबिन गर्ने चाहना व्यक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?