
फाइल तस्वीर
२३ माघ, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि सिनेमा हल खोल्न सिफारिस गरेको छ ।
आइतबार बसेको सीसीएमसीसीको बैठकले फागुन १ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सिनेमा हल खोल्न सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले गत माघ ३ गतेदेखि सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो । हल बन्द भएसँगै चलचित्र प्रदर्शन अनिश्चित बनेको थियो भने चलचित्र निर्माण कार्यमा पनि अलमल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4