+
+

घृणा फैलाउने प्रतिक्रिया ब्लक गरिदिन्छु : दिशा पटानी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १२:३९
अभिनेत्री दिशा पटानी । फाइल तस्वीर

२४ माघ, काठमाडौं । बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा आफ्ना बिकिनी तस्वीर पोस्ट गरिरहन्छन् । दिशाले पोस्ट गरेका हट तस्वीरहरुमा उनका फ्यानहरुले सकारात्मक प्रतिक्रिया दिने गरेका छन् । तर, दिशाको तस्वीरमा थुप्रै नकारात्मक प्रतिक्रिया आउने गर्छन् ।

दिशाका बिकिनी फोटो थुप्रै पटक मिडियाका हेडलाइन बनेका छन् भने सामाजिक सञ्जालमा ट्रोलको सिकार पनि हुने गरेका छन् ।

दिशाले सामाजिक सञ्जालमा आउने प्रतिक्रियाको विषयमा मिडियासँग कुरा गर्दै भनेकी छन्, ‘मलाई सामाजिक सञ्जालमा घृणा फैलाउने प्रतिक्रियाहरु ब्लक गर्न आउँछ । मैले सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्वीरहरुमा म रमाइरहेकी हुन्छु । सञ्जाल मैले आफूलाई व्यक्त गर्ने स्थान हो । म नकारात्मक प्रतिक्रियामा खासै ध्यान दिन्नँ ।’

बलिउडका कलाकारहरु सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्वीरमा आउने नकारात्मक प्रतिक्रियाबाट हैरान हुने गरेका छन् । कतिपय कलाकारले सञ्जालमा प्रतिक्रिया नै दिन नमिल्ने समेत बनाएका छन् ।

बलिउडमा राम्रो क्रेज बनाएकी दिशा ‘योद्धा’, ‘एक भिलेन २’ लगायतका चलचित्रमा काम गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?