+
+

मुकेश अम्बानीलाई उछिन्दै गौतम अडानी बने एसियाकै धनाड्य

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १३:४४
Photo Credit : Sanjeev Verma/HT

२५ माघ, काठमाडौं । भारतका गौतम अडानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । भारतकै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई उछिनेर अडानी एसियाकै धनाढ्य व्यक्ति बनेका हुन् ।

ब्लुमबर्गको विलयनेर्स इन्डेक्सको सूचीका अनुसार गौतम अडानीको कूल सम्पत्ति ८८.५ अर्ब डलर र अम्बानीको कूल सम्पत्ति ८७.९ अर्ब डलर छ ।

हालै अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको साउदी अरबको तेल कम्पनी अरामकोसँग करार टुटेको थियो । त्यसपछि सेयर बजारमा अम्बानीको कम्पनीको सेयरमा तीव्र गिरावट आएको थियो । अर्कोतर्फ अडानी कम्पनीको सेयरमा उछाल आएपछि गौतम अडानीलाई एसियाकै सबैभन्दा धनी व्यक्ति बन्ने सफलता मिलेको ब्लुम्बर्गले जनाएको छ ।

अडानीको सम्पत्ति डेढ वर्षको अवधिमा ५५ बिलियन डलरले र अम्बानीको सम्पत्ति १४.३ बिलियन डलरले वृद्धि भएको समाचारमा उल्लेख छ । ५९ वर्षीय गौतमको खानी, हरित ऊर्जालगायत क्षेत्रमा लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?