२६ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टिमको बलिङ कन्सलटेन्ट नियुक्त भएका श्रीलंकन धम्मिकाप्रसाद श्रीलंकाबाट सिधै ओमान जाँदैछन् ।
नेपाल क्रिकेट संघले धम्मिकालाई ग्लोबल क्वालिफनयरका लागि बलिङ कन्सलटेन्ट प्रशिक्षक नियुक्त गरेको हो । यसअघि नेपालमै आउने तय भए पनि प्राविधिक कारणले गर्दा धम्मिका नेपाल नआई सिधै ओमान जाने क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए ।
नेपाली क्रिकेट टोली भने मंगलबार नै ओमान गइसकेको छ ।
प्रतिक्रिया 4