+

नेपाली क्रिकेट टिम ओमान प्रस्थान

२०७८ माघ  २५ गते १९:३९ २०७८ माघ २५ गते १९:३९
नेपाली क्रिकेट टिम ओमान प्रस्थान

२५ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ र त्यसअघि हुने चार देशिय टी-२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ ।

नेपाली टोली साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमान प्रस्थान गरेको क्यानले जनाएको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यसहित ओमान प्रस्थान गरेको हो । पहिलो पटक सिनियर टिमको कप्तानी गर्न लागेको सन्दीपको नेतृत्वमा यसअघि १६ सदस्यीय टोली घोषणा भइसकेको थियो तर अन्तिम दिन स्पिनर सागर ढकाल पनि टिममा थपिएपछि नेपाली टिममा १७ खेलाडी रहेका छन् ।

सन् २०१४ मा नेपाललाई पहिलो पटक टी-२० विश्वकप पुर्‍याएका पुबुदु दासानायके नै यस पटक प्रशिक्षक छन् । त्यसैले पनि पुबुदु र नेपाली टिम फेरि विश्वकप पुग्नेमा आत्मविश्वासी देखिएको छ ।

ग्लोबल क्वालिफायर ‘ए’ का खेलहरु यही फेब्रुअरी १८ देखि २४ सम्म हुँदैछ । क्वालिफायर ‘ए’ को पनि समूह ‘ए’ मा नेपालसहित घरेलु टोली ओमान, क्यानाडा र फिलिपिन्स छन् । यस्तै समूह ‘बी’ मा आयरल्याण्ड, यूएई, बहराइन र जर्मनी रहेका छन् ।

नेपालले उद्घाटन खेलमै घरेलु टोली ओमानसँग खेर्ल्दैछ । यस्तै नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध फेब्रुअरी १९ र तेस्रो खेल क्यानडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका छ ।

दुवै समूहको खेलपछि शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् र सेमिफाइनल जित्ने दुई टोली फाइनल पुग्दै अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

त्यसअघि नेपालले फेब्रुअरी ११ देखि १४ सम्म ओमानमै हुने चार देशीय टी-२० सिरिज खेल्नेछ । जसमा नेपालसहित आयरल्यान्ड, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् । यस सिरिजलाई क्वालिफायरको तयारीको रुपमा हेरिएको छ ।

 

 

टी-२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय