+
+

अक्षयसँगको विवादबारे कपिलको यस्तो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १२:४८

२६ माघ, काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार र कमेडियन कपिल शर्माको सम्बन्धमा खटपट आएको छ । कपिलसँगको असन्तुष्टि अक्षयले सार्वजनिक रुपमा नै देखाएका छन् ।

कपिलको शोमा ‘बच्चन पाण्डे’ चलचित्रको प्रमोसन गर्न अस्वीकार गरेर अक्षयले आफ्नो असन्तुष्टिलाई सतहमा ल्याएका हुन् । अक्षयले असन्तुष्टि व्यक्त गरेपछि कपिलले यसको जवाफ दिएका छन् ।

कपिलले ट्विट गर्दै लेखेका छन्, ‘मैले मिडियामा आएको खबर पढें । मैले अक्षय कुमारसँग कुरा गरें । हामीबीच सबै कुरा मिलेको छ । यो सबै कम्युनिकेसन नहुँदा उत्पन्न भएको समस्या थियो । अब सबै ठीक भयो । हामी चाँडै नै मिल्नेछौं र बच्चन पाण्डेको सुटिङ गर्नेछौं । अक्षय मेरो ठूलो दाइ हुन् र उनी मसँग कहिल्यै पनि असन्तुष्ट हुन सक्दैनन् ।’

अक्षयको नयाँ चलचित्र ‘बच्चन पाण्डे’ मार्च १८ बाट प्रदर्शन हुँदैछ । यो चलचित्रको प्रमोसनका लागि अक्षय कपिलको शोमा जान नमानेको खबर सार्वजनिक भएसँगै विवाद सतहमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?