
२६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं विश्वविद्यालयका पदाधिकारीबीच बुधबार छलफल भएको छ ।
शीतल निवासमा भएको छलफलमा राष्ट्रपतिले ढुंगा, माटो र पानीलाई जोगाउनमा अनुसन्धान केन्द्रित गर्न काठमाडौं विश्वविद्यालयलाई सुझाव दिइन् ।
राष्ट्रपति भण्डारीले यी तीन चिज जोगाउन विश्वविद्यालयले अनुसन्धान केन्द्रित गरी सुरक्षित साथ भावी सन्ततिलाई हस्तान्तरण गर्नुपर्ने बताएकी हुन् । त्यसको लागि आवश्यक समन्वय गर्न समेत राष्ट्रपति कार्यलय तयार भएको बताएको विश्वविद्यालयका सहप्रवक्ता उद्धव प्याकुरेलले जानकारी दिए ।
केयूका उपकुलपति प्रा.डा. थापाले सीमित स्रोत र साधनका बीच केयुले काम गरिरहेको र उक्त कामलाई समाजले सकारात्मक लिई उत्कृष्ट दर्जा दिएको दाबी गरे । विश्वविद्यालयले थप कार्यक्रम विस्तारको नीति लिएको उपकुलपति भोला थापाले बताएका थिए ।
केयुका सातवटै संकायको प्रस्तुतिसहितको उक्त कार्यक्रममा सातजना डिन, रजिस्ट्रार, परीक्षा नियन्त्रक, निर्देशकहरु र राष्ट्रपति कार्यालयका सचिवसहित पदाधिकारीको सहभागिता थियो ।
प्रतिक्रिया 4