+
+

सहायक वन अधिकृतलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते ८:१४

२७ माघ, धनगढी । कैलालीको पचमुडिया सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दल्ने विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।

सहायक वन अधिकृतमाथि मोसो दल्ने भजनी नगरपालिका-९ बस्ने ३९ वर्षीय पहल पुनमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पुनमगरलाई बुुधबार पक्राउ गरेर अभद्र व्यवहार शीर्षकमा मुुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

गत माघ १७ गते वन अधिकृत पण्डितमाथि विप्लवका कार्यकर्ताको समूहले कार्यालयमै मोसो दलेको थियो । उनीहरुले चन्दा आतंकको विरोध गरेको आरोपमा मोसो दलेका थिए ।

पण्डितले आफूमाथि अभद्र व्यवहार गर्ने विप्लवका कार्यकर्तालाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । उनले मोसो दलिएको आफ्नो फोटो फेसबुकमा सार्वजनिक गर्दै समाज रुपान्तरणको खुला बहसमा आउन चुनौतीसमेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?