+
+

सहायक वन अधिकृतको चुनौती- समाज रुपान्तरणको औकात भए खुला बहस गर

‘चरित्रमा दाग नलागुन्जेलसम्म अनेकौं रंगहरु पोतेर खासै फरक पर्दैन’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते ७:५७

१८ माघ, धनगढी । आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने व्यक्तिहरुले कैलालीको पचमुडिया सवडिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेका छन् ।

पण्डित आफैंले उक्त तस्वीर सार्वजनिक सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रमा दाग नलागुन्जेलसम्म अनेक रंग पोतेर केही फरक नपर्ने उल्लेख गरेका छन् । साथै उनले मासो दल्नेहरुलाई समाज रुपान्तरणको औकात छ भने खुल्ला बहस गर्न चुनौती पनि दिएका छन् ।

चन्दा आतंकको विरोध गरेकाले विप्लवका कार्यकर्ताहरुले आफूमाथि दुर्व्यवहार गरेको पण्डितको भनाइ छ ।

समयले सबैको हिसाबकिताब गर्ने उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा (विप्लव) समूहका कथित केही थान व्यक्तिहरुले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सवडिभिजन वन कार्यालयमा कार्यरत रहदाको अविस्मरणीय रहने छ ।’

उनी थप लेख्छन्, ‘देश र जनताका विरुद्ध गरेका मेरा कुनै पनि कार्यहरु छन् भने राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरु र जनअदालतको कठघरामा उभिन तयार छु । अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ ।’

आफ्नो चरित्रमा दाग नलागुन्जेलसम्म अनेकौं रंगहरु पोतेर खासै फरक नपर्ने भन्दै पण्डितले समाज रुपान्तरणको खुल्ला बहसमा आउन चुनौती पनि दिएका छन् । उनले लेखेका छन्, ‘समाज रुपान्तरणको लागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु ।’

सहायक वन अधिकृत पण्डितको फेसबुक पोष्ट

सहायक वन अधिकृत पण्डितले चन्दा आतंकको विरोध गर्दै आएका थिए । आफूलाई विप्लवको कार्यकर्ता भनेर परिचय गराएका केही व्यक्तिले ‘तपाईंसँग कुरा गर्नुछ’ भनेर आएको र चन्दा आतंकको किन विरोध गरेको भन्दै दुर्व्यवहार गरेको पण्डितले बताएका छन् ।

कैलालीका विभिन्न सामुदायिक वनहरुबाट विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताहरुले चन्दा असुलिरहेको समाचार कैलालीबाट सन्चालित हुँदै आएको दिनेशखबर अनलाइनले माघ १० गते चन्दा रसिदसहित सार्वजनिक गरेको थियो ।

तर त्यसको भोलिपल्ट जिल्ला समिति कैलालीले विज्ञप्ति निकालेर समाचारको खण्डन गरेको थियो । साथै वन कार्यालयहरुमा भ्रष्टाचार भइरहेको दाबी गर्दै भ्रष्टाचार गर्नेहरुलाई जनकारबाही गर्ने धम्की पनि सोही विज्ञप्तिमार्फत् दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?