२७ माघ, काठमाडौं । रोमेलु लुकाकुको एक मात्र गोलमा इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सीले साउदी अरेबियाको अल हिलाललाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
चेल्सीको जितमा लुकाकुले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरससँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि सन् २०१२ मा पनि फाइनल पुगेको चेल्सी ब्राजिलकै कोरिन्थिएन्ससँग पराजित भएर उपविजेतामा सीमित भएको थियो ।
पाल्मिरिसले पहिलो सेमिफाइनलमा इजिप्टको अल अहलीलाई २-० ले हराएर फाइनलमा पुगिसकेको छ ।
युएईमा भइरहेको क्लब विश्वकपको फाइनल खेल शनिबार हुनेछ ।
प्रतिक्रिया 4