+
+

वसन्तको दाबी- ‘नोगेन’को संगीत ‘सागरसरी’बाट चोरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते ११:५७

२७ माघ, काठमाडौं । गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बुको स्वरमा केही दिनअघि सार्वजनिक गीत ‘नोगेन’को संगीतको अंश चोरी भएको संगीतकार वसन्त सापकोटाले आरोप लगाएका छन् ।

सार्वजनिक भएको तीन दिनमै युट्युबमा २० लाख भ्युज बटुल्न सफल यो गीतको अंश आफूले संगीत भरेको चलचित्र ‘सिलसिला’मा समावेश ‘सागरसरी चोखो माया’ गीतबाट चोरिएको वसन्तको दाबी छ ।

वसन्तले अनलाइनखबरसँग भने, ‘मेरो आशा बन्यौं नोगेन’ लाइनको संगीत ‘सागरसरी चोखो’बाट झिकिएको हो । मैले यो विषयमा संगीतकार महेश खड्कासँग कुरा पनि गरेको छु । तर उहाँले मलाई ‘समर्पण’ चलचित्रको ‘मलाई फूल्न देऊ’ बोलको गीतको अंशबाट आफूले लिएको बताउनुभयो । ‘मेरो आशा बन्यौं नोगेन’ गीतमा एक ठाउँमा मात्र प्रयोग भएको भए म पनि केही भन्दिनथें । तर गीतको मुख्य अंश नै यही छ र बारम्बार प्रयोग भएको छ ।’

वसन्तले यो गीतमा आफ्नो पनि नाम संगीतकारको रुपमा उल्लेख्य गर्नुपर्ने बताएका छन् । यो विषयमा संगीतकार महेश खड्काले भने, ‘कहाँबाट मिल्छ गीत खै मलाई थाहा भएन । यो विषयमा म अहिले कुरा गर्न चाहन्नँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?