+
+

लम्बोदर न्यौपाने विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते २०:४३

२७ माघ, काठमाडौं । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपानेसहित कलेजका तत्कालिन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप छ । त्यसैगरी कलेजका अर्का सञ्चालक रामरत्न उपाध्याय र इन्दिरा उपाध्यायमाथि एक करोड २५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग छ ।

उपेन्द्र गौतममाथि दुई करोड २९ लाख, लबराज भट्टराईमाथि दुई करोेड ७९ लाख र सूर्यबहादुर केसी (दिवंगत) माथि दुई करोड ३४ लाख, हरिप्रसाद पाण्डेमाथि दुई करोड ४३ लाख र दीपक भट्टराई (दिवंगत) माथि ३६ लाख ५९ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोग छ । विभागले मृत्यु भएका दुवैजनाको परिवारका सदस्यलाई प्रतिवादी बनाई सम्पत्ति जफतको माग दावी छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाएको घटना नेपाल इञ्जिनियरिङ कलेजसँग सम्बन्धित हो । कलेजको सम्पत्ति हिनामिना गरेर व्यक्तिगत लाभ लिएको आरोपमा लम्बोदर न्यौपाने विरुद्ध मुद्दा परेको थियो । न्यौपाने यसअघि ठगी मुद्दामा समेत मुछिइसकेका छन् । उनी विरुद्धको मुद्दा जिल्ला अदालत भक्तपुरमा विचाराधीन छ ।

न्यौपानेले दिएको घुस लिएको कारण नै अख्तियारका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुपरेको थियो । इञ्जिनियरिङ कलेजभित्रको अनियमितता मिलाउने भन्दै पाठकले अर्का व्यक्तिमार्फत दुई पटकमा ७८ लाख रुपैयाँ घुस लिएको स्वीकारेको भिडियो सार्वजनिक भएको थियो ।

त्यो रकम कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेले दिएका थिए । न्यौपाले विरुद्ध विशेष अदालतमा समेत घुस खुवाएको आरोपको मुद्दा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?