+
+

बीमा कम्पनीका कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानबिन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १०:०१

२८ माघ, काठमाडौं । बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि बीमा समितिले छानबिन सुरु गर्ने भएको छ । नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको भन्दै बेला बेलामा उजुरी समेत पर्ने गरेको थियो ।

गत २० माघमा सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हस्ताक्षर गरेको पत्रमा ७ दिनको समयसीमा नै तोकेर शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको हो ।

बीमा समितिका एक अधिकारीले दिएको जानकारी अनुसार कम्तिमा २५ प्रतिशत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली हुनसक्ने अनुमान गरिएको छ । १० वर्ष अघि बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्रका विषयमा चासो राखेको थियो । त्यसयता कुनै पनि छानबिन तथा प्रमाण पत्र हेर्न समेत काम समितिले गरेको छैन ।

‘हामीले यस विषयमा गम्भीर छानबिन गर्दैछौं, पहिले पनि यस्ता विषयहरु धेरै उठान हुने गरेका थिएँ’ ती अधिकारीले भने, ‘आफूले हासिल गरेको योग्यताभन्दा बढीको शैक्षिक प्रमाण पत्र पेश गरिए कडा कारबाही हुन्छ, व्यक्तिमात्रै होइन कम्पनीका विषयमा पनि हामीले एक्सन लिन्छौं ।’

उनका अनुसार धेरै जसो भारतका विश्वविद्यालयहरुमा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नेहरुमाथि बीमा समितिले निगरानी बढाउने छ । विदेशी विश्व विद्यालयमा अध्ययन पुरा गरे पनि त्यसलाई त्रिभुवन विश्व विद्यालयमा पेश गरेर समकक्षताको प्रमाण पत्र लिनु पर्ने हुन्छ । समकक्षकताको प्रमाण पत्र पेश नगरे विदेशमा अध्ययन पुरा गरेको सर्टिफिकेटले वैधानिकता पाउँदैछ । उनी भन्छन्, ‘धेरै विदेशका विभिन्न विश्व विद्यालयमा अध्ययन गरेको प्रमाण पत्र पेश गरिएको सूचना छ, तर अहिले नै पुष्टि भने भइसकेको छैन ।’

यो आशंकापछि बीमा समितिले बीमा कम्पनीहरुलाई पत्राचार गरेर शैक्षिक प्रमाण पत्रबारे जानकारी गराउन भनेको छ । शंका लागेका कर्मचारीहरुको सक्कलै प्रमाण पत्र समेत हेर्ने समितिको तयारी छ । समितिको नजरमा अहिले सानाभन्दा पनि उच्च तहका कर्मचारीहरु शंकाको घेरामा छन् ।

‘जागिर खाने बेलामा भन्दा पनि बढुवाको समयमा यस्तो प्रमाण पत्र पेश गरेको हुनसक्छ भन्ने हाम्रो अनुमान हो, यस्तो बदमासी साना कर्मचारीहरु भन्दा पनि ठूला कर्मचारीहरुबाट धेरै हुनसक्ने सम्भावना छ’ उनले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?