+
+

डिएगो जोटाको दुई गोलमा लिभरपुल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १०:१३

काठमाडौं । डिएगो जोटाले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा जोटाले दुवै हाफमा एक-एक गोल गरे । लिभरपुलका लागि जोटाले खेलको ३४औं र ८७औं मिनेटमा गोल गरेका थिए ।

अफ्रिका कप अफ नेसन्स खेलेपछि इजिप्टका मोहमेद सालाह पनि लिभरपुलका लागि यसै खेलबाट मैदान पर्किएका छन् ।

यस जितपछि दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंक दूरी ९ मा झारेको छ । जितपछि लिभरपुलले २३ खेलबाट ५१ अंक जोडेको छ ।

२४ खेल खेलिसकेको सिटीको ६० अंक छ । लेस्टर २१ खेलबाट २६ अंकसहित १२औं स्थानमा छ ।

यस्तै अर्को खेलमा १० खेलाडीमा रहेको आर्सनलले वल्भ्सलाई १-० ले हरायो । आर्सनलका लागि गाब्रिएल मागालहाएसले खेलको २५औं मिनेटमा गोल गरे ।

खेलको ६९औं मिनेटमा गाब्रिएल मार्टिनेली रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि आर्सनलले दश खेलाडीमा रहेर खेलेको थियो ।

जितपछि २२ खेलबाट ३९ अंक जोड्दै आर्सनल पाँचौ स्थानमा उक्लेको छ । वल्भ्स २२ खेलबाट ३४ अंकसहित आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?