+
+

२४ लाख डोज कोरोना खोप हराएको होइन : मन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १२:५८

२८ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले २४ लाख डोज कोरोना खोप नहराएको स्पष्टीकरण दिएका छन् ।

आफूले गरेका कामका उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले खोप नहराएको बताएका हुन् ।

बाटोमा भएको ग्याप र खेर गएको खोपको तथ्यांक आउन बाँकी रहेको उनले बताए । खोप खोजीका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय समितिले छानबिन गरिरहेको उनले बताए । समितिलाई दुई हप्ताको समय दिइएको छ ।

‘केन्द्रले प्रदेशमा, प्रदेशले जिल्लामा, जिल्लाले स्थानीय तहमा कति पठाएको छ त्यसको रिपोर्ट समितिले फागुन २ गते भित्र तयार पार्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?