+
+

थप १,१२८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १६:०१

२८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा १,१२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा ६६६ जना र तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कूल एक हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपाल हालसम्म ११ लाख ९ हजार ११४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार ८७८ पुगेको छ ।

त्यस्तै, दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । आजसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ । यो संख्या कूल संक्रमितको ९६ प्रतिशत हो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ ।

पछिल्लो २४ घण्टा सबैभन्दा धेरै काठमाडौंमा २०३ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकाका अन्य जिल्लाहरू ललितपुर र भक्तपुरमा क्रमश: ४५ र १७ संक्रमित थप भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङमा २९, कास्की २५, नुवाकोट २०, बाँके १९, झापा १८, सुनसरी १६ र दाङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?