+
+

बैंकको अनलाइनबाटै ५ लाखसम्म ऋण माग्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते २१:२७

२८ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा अब अनलाइनबाटै ऋण आवेदन दिन सकिने र अनलाइनबाटै ऋण लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले नीतिगत रुपमै यस्तो व्यवस्था गरेको हो ।

शुक्रबार विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको मार्गदर्जन जारी गर्दै राष्ट्र बैंकले पाँच लाख रुपैयाँसम्म यस्तो कर्जा लिन सकिने बताएको छ ।

मार्गदर्शनअनुसार सम्बन्धित बैंकमा तलव खाता भएका व्यक्तिले पाँच लाख रुपैयाँ विद्युतीय माध्यमबाटै यस्तो कर्जा सुविधा पाउनेछन् । तलव खाता नभएकाहरुको हकमा भने २ लाख रुपैयाँसम्म प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ ।

कसरी लिने यस्तो कर्जा ?

१. ग्राहकसँग कर्जाको आवेदन लिँदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाह सम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल एपको माध्यमबाट समेत यस्तो कर्जा आवेदन प्राप्त गर्न सक्नेछन् ।

२. आवेदन प्राप्त भएपश्चात बैंक तथा वित्तीय ग्राहकसँग सम्बन्धित सूचना तथा तथ्यांक विभिन्न श्रोतबाट विद्युतीय माध्यममार्फत प्राप्त गर्नुपर्नेछ ।

३. कर्जाको आवेदन दिने ग्राहक कर्जा प्राप्त गर्न योग्य भए नभएको पर्याप्त विश्लेषण गरी योग्य आवेदकलाई विद्युतीय माध्यमबाट कर्जा स्वीकृत भएको जानकारी गराउनुपर्नेछ ।

४. स्वीकृत कर्जा रकम प्रवाह गर्दा सम्बन्धित ग्राहकको खातामा जम्मा गरी सोको जानकारी ग्राहकलाई दिनुपर्नेछ ।

५. कर्जा सम्बन्धी कागजातहरु विद्युतीय माध्यममा सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।

६. कर्जा प्रवाह प्रक्रिया, ग्राहक, बैंक तथा वित्तीय संस्थाको कर्तव्य तथा उत्तरदायित्व, ग्राहक संरक्षणसँग सम्बन्धित विषयहरु, कर्जा सम्बन्धी गुनासो सुनवाईको व्यवस्था सम्बन्धमा विद्युतीय माध्यमबाट पर्याप्त जानकारी दिने व्यवस्था मिलाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?