+
+

कैलालीमा लागु औषधसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते १०:०५

२९ माघ, धनगढी । कैलालीमा लागु औषधसहित ३ जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट चटकपुरका प्रमुख, प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुुर चन्द नेतृत्वको टोलीले बिहीबार धनगढी उपमहानगरपालिका-३ शहीद गेटबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पक्राउ पर्नेमा धनगढी उप-महानगरपालीका ३ बस्ने २० वर्षीय सुरेन्द्र कोली, प्रकाश बि.क र एकेन्द्र बिष्ट रहेको जानकारी दिए ।

उनीहरूले बिष्टले चलाएको ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा ८८ ट्याब्लेट नाइट्रोभेट र २८ ट्याब्लेट स्पास बरामद गरिएको प्रहरीले जनाएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिएर लागु औषध मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?