+
+

उपाध्यक्ष पौडेलको प्रस्ताव : संस्थापक सेयरधनीलाई बोनस नदिऔँ

संस्थापक सेयरधनीलाई नगद र सर्वसाधारणलाई बोनस लाभांश दिन प्रस्ताव

रोयल आचार्य रोयल आचार्य
२०७८ माघ २९ गते १८:००

२९ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक तथा वित्तीय संस्थाका संस्थापक समूहका सेयरधनीहरूलाई बोनस सेयर नदिने विषयमा छलफल शुरु भएको छ । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकमा यस विषयमा छलफल चलेको हो । बैंक तथा वित्तीय संस्थाहमा सेयरधनीहरुलाई दुई भागमा विभाजन गरिएको छ । पहिलो- संस्थापक समूह र दोस्रो- सर्वसाधारण समूह ।

कम्पनी स्थापनाको समय (सुरुवात) मा लगानी गर्ने लगानीकर्ताहरुलाई संस्थापक सेयरधनी मान्ने गरिएको छ । बैंक तथा वित्तीय संस्था स्थापना भई सञ्चालनमा आएको २ वर्ष पछि सर्वसाधराणलाई साधारण सेयर (आईपीओ) जारी गर्नुपर्ने व्यवस्था छ । आईपीओ जारी गरिएको सेयरलाई बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधराण समूहमा राख्ने गरेका छन् । यसरी दुई भागमा रहेका लगानीकर्ताहरु मध्ये संस्थापक समूहमा रहेका सेयरधनीलाई बोनस सेयर नदिने र नगद लाभांशमात्रै दिने विषयमा छलफल भएको राष्ट्र बैंकका एक अधिकारी बताउँछन् ।

ति अधिकारीका अनुसार सर्वसाधारण सेयरधनीहरुलाई भने बोनस सेयर दिने तर नगद लाभांश नदिने भन्ने विषयमा छलफल चलिरहेको छ । यो प्रस्ताव शुरुमा भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले ल्याएका थिए । उपाध्यक्ष पौडेलले यो उपाय अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दुबै जनालाई सुनाएका थिए । गभर्नर अधिकारी र अर्थमन्त्री शर्मा दुवै जना यो विषयमा सकारात्मक देखिएका छन् ।

‘संस्थापक समूहका सेयरधनीहरु नगद लाभांश पाए खुसी नै हुन्छन्, उता सर्वसाधारण समूह तर्फका सेयरधनीहरुको अपेक्षा भने बोनस सेयर नै हुन्छ’ उपाध्यक्ष पौडेलले भने, ‘सर्वसाधारण र संस्थापक दुबै समूहका सेयरधनीका लागि यो हितकर हुने भएकाले केही नयाँ निर्णय हुन आवश्यक छ ।’

पव्लिक कम्पनीलाई साच्चिकै पव्लिक बनाउनका लागि यसले धेरै राम्रो काम गर्ने उनको भनाइ छ । सर्वसाधारणले बोनस सेयर पाउने र संस्थापकले नगद लाभांश पाउदै गर्दा विस्तारै सर्वसाधराणको सेयर स्वामित्व बढ्दै जान्छ । ‘अहिले ५ अर्ब चुक्ता पुँजी भएको बैंक २५ अर्ब पुग्दा त्यहाँ बहुमत सेयर सर्वसाधारणको स्वामित्वका पुग्छ, यो धेरै राम्रो उपाय हो’ उनले भने । अहिले नेपालमा भएको सेयर संरचना सुधार गर्नै पर्ने विषय बेला बेलामा उठ्ने गरेको छ । अमेरिकामा समेत यस्तो सेयर संरचना छैन् । यसकारण पनि यो व्यवस्था गरेर सेयर संरचना परिवर्तन गर्नुपर्ने सुझाव उपाध्यक्ष पौडेलको छ ।

के फरछ संस्थापक र सर्वसाधारणमा ?

नेपालका बैंक तथा वित्तीय क्षेत्रका साथै बिमा क्षेत्रमा पनि लगानीकर्ताहरुलाई प्रमोटर (संस्थापक) र अर्को पब्लिक -सर्वसाधारण) समूह भनेर दुई समूहमा विभाजन गरिएको छ ।

नेपालमै पनि बैंक, बीमा बाहेकका क्षेत्रमा यस्तो अभ्यास छैन । अर्थात कहीँ नभएको जात्रा नेपाली वित्तीय क्षेत्रमा छ । अहिले बैंकहरुमा छुट्टाछुट्टै समूहबाट सञ्चालक चुनिने गरेका छन् । जस्तो- मुलुकको जेठो बैंक नेपाल बैंकको ७ सदस्यीय सञ्चालक समितिमा अध्यक्ष सुमनराज अर्यालयसहित तीन जना सञ्चालकहरु संस्थापक समूहबाट नेपाल सरकारको प्रतिनिधित्व गर्दै सञ्चालक चुनिएका छन् भने विष्णुकुमार अग्रवाल सहित तीन जना सर्वसाधारण समूहबाट र एक जना विज्ञ सञ्चालकको रुपमा सञ्चालक समितिमा छन् ।

यसरी लगानीकर्तालाई दुई समूहमा विभाजन गर्दाको असर सेयर बजारसम्म पुगेको छ । सेयर बजारमा दुईवटा नामबाट एउटै बैंकको छुट्टाछुटै कारोबार हुन्छ । नेपाल बैंक सरकारी लगानीको भएका कारण यसको छुट्टाछुट्टै कारोबार हुँदैन । कारोबारमात्रै होइन, सेयर मूल्यमा समेत यि दुई समूहको असर छ ।

एभरेष्ट बैंकको सेयर मूल्य सर्वसाधारण समूहको प्रतिकित्ता ५६८ -२८ फागुनमा) रुपैयाँ छ भने संस्थापक समूहको प्रतिकित्ता १४५ रुपैयाँमा । उनी भन्छन्, ‘लगानीकर्ता भनेपछि लगानीकर्ता नै हुन्छन्, अन्य देशमा यसरी पब्लिक र प्रमोटर छुट्याइएको हुँदैन ।’ पुँजी बजारमा कारोबार पनि एकै नामबाट हुने उनी बताउछन् । तर केन्द्रीय बैंकले संस्थापक र पब्लिक भनेर दुइ भागमा छुट्याएको कारण नेप्सेमा पनि दुइ वटा स्टक नामबाटै कारोबार हुने प्रवक्ता पराजुलीले बताए ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?