+
+

‘पर्ख पर्ख मायालु’ जोडी पुष्प र शिल्पाको ‘माया गर्न मन छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २९ गते १९:३९

गजलकार चन्द्र प्रसाई ‘परिष्कृत’ को नयाँ रोमान्टिक गीत ‘माया गर्न मन छ’ सार्वजनिक गरिएको छ । प्रविन बेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतमा संगीत संयोजन फणीन्द्र राईको छ ।

यो गीतको भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ । पुष्प र शिल्पाको जोेडीले अभिनय गरेको चलचित्र ‘मंगलम’मा समावेश ‘पर्ख पर्ख मायालु’ बोेलको गीत सुपरहिट भएको थियो ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोका निर्माता तेजी प्रसाई हुन् । भिडियोमा हरि हुमागाँईको छायांकन र विकाश दाहलको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?