+
+

स्थानीयका लागि सोमबारदेखि आईपीओ जारी गर्दै ग्रीन भेञ्चर्स

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते ७:००

१ फागुन, काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रा स्थानीयका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आगामी फागुन २ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको प्रारम्भिक आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी (३ अर्ब १२ करोड ५ लाख) को १० प्रतिशतले रु. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण सेयर ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका-१, २ र ३ तथा लिखु गाउँपालिका-९ र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका – १ र २ तथा उमाकुण्ड गाउँपालिका-७ का आयोजनाबाट असर पर्ने क्षेत्रका बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले सार्वजनिक गरेको आहृवान पत्रानुसार ओखलढुङ्गा र रामेछाप जिल्लाका आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले आगामी फागुन २ देखि १६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे चैत १ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका-१ र ३, तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-७ मा केन्द्र रहेको कुल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु-४ जलविद्युत्’आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु १२ अर्ब ८ करोड हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?