
१ फागुन, दाङ । बाँकेको भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
खजुरा गाउँपालिका-२ बाँकेका २३ वर्षीय पुरुषको आइतबार बिहान पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको बाँकेका जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।
मृतक गत माघ २७ मा संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा उपचाररत थिए । वलीका अनुसार उनले भेरोसेलको दुवै मात्राको खोप लगाएका थिए ।
योसँगै बाँके जिल्लाको मृत्यु संख्या ३५१ र अन्य जिल्लाको मृत्यु संख्या ४४५ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4