+
+

राजकुमार र भूमिको ‘बधाई दो’को कमजोर सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते ११:४३

१ फागुन, काठमाडौं । भारतमा शुक्रबारदेखि नयाँ चलचित्र ‘बधाई दो’ रिलिज भएको छ । यो चलचित्रले बक्स अफिसमा अपेक्षित सुरुवात गर्न भने सकेन ।

चलचित्रलाई दर्शक र समीक्षकले राम्रो प्रतिक्रिया दिएका छन् । तर पनि बक्स अफिसमा भने शुक्रबार यो चलचित्रले १.६५ करोडको मात्र कमाइ गरेको छ । शनिबार भने ‘बधाई दो’ले बक्स अफिसमा २.७२ करोडको कमाइ गरेको छ ।

यसअघि निर्माण भएको ‘बधाई हो’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । चलचित्र ‘बधाई दो’मा राजकुमार राव र भूमि पेड्करको मुख्य भूमिका छ । यो चलचित्रले आगामी दिनमा राम्रो कमाइ गर्ने विश्वास गरिएको छ । यो चलचित्रलाई साउथका स्टार रवि तेजाको ‘खिलाडी’ले कडा चुनौती दिएको छ । रविको चलचित्रले हिन्दी भर्सनमा पहिलो दिन ७ करोडको कमाइ गरेको छ । रवि तेजाको ‘खिलाडी’ सोमबारबाट नेपालमा पनि रिलिज हुँदैछ ।

भारतमा अब हरेक साता नयाँ नयाँ चलचित्र रिलिजको तालिका छ । भारतमा अधिकांश राज्यमा हलहरु ५० प्रतिशत अकुपेन्सीमा मात्र सञ्चालन गर्ने पाइने अनुमति दिइएको छ ।

‘बधाई दो’ कोरोनाको तेस्रो लहरपछि रिलिज भएको पहिलो बलिउड चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?