+
+

कमल थापाले ब्युँताए राप्रपा नेपाल, फागुन ७ मा घोषणा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १४:३३

१ फागुन, काठमाडौं । पूर्वउपप्रधानमन्त्री कमल थापाले राप्रपा नेपाल पुन: ब्युँताउने भएका छन् । उनले देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाल पुनर्जागृत गर्ने निर्णय गरेको आइतबार एक विज्ञप्ति जारी गरी बताएका छन् ।

२०६२/६३ सालको जनआन्दोलन सफल भएपछि थापाले २०६३ सालमा राप्रपा नेपाल गठन गरेका थिए । तर आफूहरुले २०७३ सालदेखि बाटो बिराएको भन्दै थापाले अहिले फेरि नियतिले ठीक ठाउँमा ल्याइपुर्‍याएको बताएका छन् ।

अबदेखि ‘हिन्दूराष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल एजेण्डा हुने थापाले बताएका छन् । उनले राप्रपा नेपालको घोषणासभा आगामी फागुन ७ गते काठमाडौंमा गर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?