+
+

संकटासंग बराबरीमा रोकिएपछि एपीएफलाई दबाव

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते २०:४०

१ फागुन, काठमाडौं । विभागीय टोली एपीएफले शहीद स्मारक ए डिभिजन लिगमा आइतबार संकटा क्लबसंग गोलरहित बराबरी खेल्दै अपराजित यात्रालाई ७ खेलसम्म निरन्तरता दिएको छ ।

लिगको सुरुवाती तीन खेलमा हार व्यहोरेको एपीएफले त्यसपछिका भने कुनै खेल गुमाएको छैन । तर सातमध्ये दुई खेलमा जित र पाँच बराबरी खेलेको एपीएफ १० खेलबाट ११ अंक जोडेर नवौं स्थानमा छ ।

लिग सुरु हुनुअघि चौथोदेखि आठौं स्थानसम्म रहने लक्ष्य बनाएको एपीएफ सुरुमा रेलिगेसन जोनतिर रह्यो । त्यसपछि मध्यक्रमतिर रहेको एपीएफ अझै पनि रेलिगेसनबाट सुरक्षित हुनेमा ढुक्क भने छैन ।

संकटासंग बराबरी खेलेपछि एपीएफका प्रशिक्षक कुमार थापाले पनि यही बताए । ‘अनबिटन रन कायमै रह्यो । तर त्यो भनेर भएन । रेलिगेसन जोनमा रहेको टिमसंग धेरै अंक फरक छैन’ उनले भने । अब एपीएफले मनाङ मर्स्याङ्दी, साविक विजेता मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबसँग खेल्न बाँकी छ ।

एपीएफले खेल्न बाँकी तीनवटै टिम यस वर्ष लिगमा बलिया मानिन्छन् । ‘बाँकी तीनवटै खेल हारियो भने पुग्दैन । हामी अझै रेलिगेसनमा स्ट्रगल गरिराखेका छौं । आज जितेको भए १३ अंक हुन्थ्यो, सेभ हुन्थ्यौँ’ प्रशिक्षक थापाले भने ।

एपीएफले गत महिना पोखरामा भएको आहा रारा गोल्ड कपमा चार खेल जित्दै उपाधि पनि हात पारेको थियो । तर पोखराबाट च्याम्पियन बनेर उच्च मनोबलका साथ आएको उसले दशरथ रंगशालामा भने खेल जित्न सकेन ।

प्रशिक्षक थापाले संकटा विरुद्ध खेलमा दबाव बनाए पनि गोल गर्न नसकेको बताए । ‘जित्न पर्ने खेल थियो । सफल भएनौँ । डोमिनेट गर्दा गर्दै पनि स्कोरिङमा कमजोरी रह्यो’ उनले भने । प्रशिक्षक थापाले विदेशी खेलाडी राख्दा केही फाइदा भएको बताए ।

संकटाका प्रशिक्षक विष्णु गुरुङले भने प्रदर्शनबाट सन्तुष्ट भएको बताए । तर अवसर पाए पनि गोल नभएको बताए । ‘हाम्रो खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु । एपीएफ आहा रारा जितेर आएको टिम हो । त्यसलाई ब्रेक डाउन गर्‍यौँ’ गुरुङले भने ‘चान्स पायौँ तर गोल गर्न सकेनौँ ।’ प्रशिक्षक गुरुङले विपक्षी टिमको प्रदर्शन राम्रो रहेको बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?