+
+

सुदूरपश्चिम प्रदेश सभाका सचिव धामीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १०:११

२ फागुुन, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले राजीनामा दिएका छन् । जन्म मिति सम्बन्धी विवाद भएपछि धामीले आइतबार प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुुझाएका हुन् ।

प्रदेश प्रमुख जोशीले धामीले बुुझाएको राजीनामा पत्र आइतबार नै स्वीकृत गरेको जानकारी सभामुुख अर्जुनबहादुर थापालाई गराइसकेको उनको निजी सचिवालयले जनाएको छ ।

सभामुुख थापाका स्वकीय सचिव कविन्द्र रोकायाले सचिव धामीको राजीनामा स्वीकृत भएसँगै कानुन उपसचिव दोजेन्द्र काफ्लेलाई निमित्त सचिवको जिम्मेवारी दिइएको जानकारी दिए ।

सचिव धामीको नागरिकता र शैक्षिक प्रमाण पत्रमा फरक-फरक जन्म मिति राखिएको र सचिव पदका लागि अयोग्य भएको भन्दै विवाद भएको थियो ।

२०३३ सालमा जारी भएको धामीको नागरिकतामा १८ वर्ष उल्लेख भए पनि शैक्षिक प्रमाणपत्रमा भने जन्म मिति २०१६/११/२९ उल्लेख छ ।

प्रदेशसभा सचिवमा ४५ वर्ष पूरा भएर ६० वर्ष पूरा नभएको व्यक्तिलाई नियुक्त गर्ने प्रावधान ऐनमा राखिएको छ । धामी २०७६ सालको जेठ २८ गते प्रदेशसभा सचिवमा नियुक्त भएका थिए ।

नागरिकता अनुसार धामीले उक्त मितिमा ६० वर्ष पूरा भइसकेपछि नियुक्ति लिएको भन्दै विवाद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?