+
+

‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते ११:३६

२ फागुन, काठमाडौं । फागुन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन विशेष गीत सार्वजनिक भएको छ ।

‘आफ्नै सम्झी परेली’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचरिङ छन् । म्युजिकल लभस्टोरी यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा सौरभ लामाको छायांकन छ ।

पूजा र सुदर्शनको लगानीमा बनेको चलचित्रमा जन्मजय साम्पाङ राई सहनिर्माताको रुपमा छन् । चलचित्रको ट्रेलर, ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ बोलको गीतले दर्शकको माया पाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?