+
+

त्रिविले भन्यो : आंशिकलाई स्थायी नियुक्ति दिन सकिँदैन

त्रिभुवन विश्वविद्यालयले अनसन र तालाबन्दीको दबावमा आंशिक प्राध्यापकलाई करार र स्थायी नियुक्ति नदिने बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १९:५६

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनसन र तालाबन्दीको दबावमा आंशिक प्राध्यापकलाई करार र स्थायी नियुक्ति नदिने बताएको छ ।

त्रिवि रजिस्ट्रारको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी अनसन र तालाबन्दीको दबावमा विश्वविद्यालयका पदाधिकारीलाई भौतिक, मानसिक र नैतिक दबाव दिई आंशिकलाई स्वतः करार र करारलाई स्वतः वा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने परम्परा स्वीकार्न नसकिने बताएको छ ।

‘खुला प्रतिस्पर्धामार्फत आफूलाई अब्बल सावित गर्न खोज्ने, अनुसन्धानमा विशेष रुची राख्ने, सिर्जननशील, लगनशील, अनुशासित शिक्षकहरुलाई त्रिविले सदैव स्वागत गर्दछ’ रजिस्ट्रार कार्यालयको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले भनेका छन् ।

आंशिक प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविसभाको विगतको निर्णयको माग गर्दै आंशिक प्राध्यापकहरुले माघ ६ गते तालाबन्दी गरेका थिए ।

आंशिक प्राध्यापकको मागका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको र समस्या समाधानका लागि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराइसकेको त्रिविले जनाएको छ ।

त्रिविले बारम्बार त्रिविको केन्द्रीय कार्यालयमा हुने तालाबन्दीलाई सदाका लागि अन्त गर्न त्रिविले अपिल गरेको छ । त्रिविमा हालको नेतृत्व आएदेखि कोरोना महमारीका कारण बन्द भएको बाहेक १४९ दिन तालाबन्दी भएको भन्दै यसले सुधार योजना अघि बढाउन बाधा परेको विज्ञप्तिमा उल्लेख छ ।

विश्वविद्यालय सुधारका लागि त्रिविले अघि सारेको कार्यलाई सार्थक रुप दिन बारम्बार हुने तालाबन्दी सदाका लागि अन्त गर्न अपिल गरेको छ । त्रिविको शैक्षिक पात्रो निश्चित भएन, परीक्षाहरुको नतिजा समयमा भएन, त्रिविको गुणस्तर खस्कदै गयो भन्ने समूह नै त्रिविमा तालाबन्दी गर्ने, कुर्सी जलाउने, तोडफोड गर्ने र प्राध्यापकमाथि कुटपिटमा उत्रिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुस् त्रिविको अपिल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?