+
+

आसिफको खेल भावनाको विश्वभर चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १०:३४

३ फागुन, काठमाडौं । चार देशीय टी-२० सिरिजमा सोमबार नेपालले आईसीसीको टेष्ट नेशन आयरल्याण्डलाई हराउँदै ऐतिहासिक जित रच्ने मौका गुमायो । तर नेपाली टिम मेम्बरले देखाएको खेल भावनाको भने विश्वभर चर्चा भयो ।

विकेटकिपर आसिफ शेखले खेलका क्रममा यस्तो स्पोर्ट्सम्यानसिप देखाए जसले विश्वभरको मिडिया र समर्थकको पनि ध्यान तान्यो ।

उत्कृष्ट बलिङ गर्दै आयरल्याण्डलाई १२७ रनमा रोकेको नेपाले ब्याटिङ राम्रो गर्न सकेन । २० ओभरमा १११ रन मात्र बनाउन सकेपछि १६ रनले पराजित भयो ।

तर खेलमा एउटा अवस्था यस्तो थियो कि जहाँ आसिफले विपक्षी खेलाडीलाई सहजै रनआउट गर्न सक्ने । आसिफले त्यसो गरेनन् । आसिफले देखाएको खेल भावनाको अहिले प्रशंसा भइसकेको छ । खेलकै क्रममा आइरिस कमेन्टेटर एन्ड्रयु लेनर्डले पनि उक्त क्षणको खुलेर प्रशंसा गरेका थिए ।

फक्स स्पोर्ट्स अष्ट्रेलियाले भिडियो पोष्ट गर्नै ‘ब्रिलियन्ट स्पोर्ट्सम्यानसिप फ्रम नेपाल लेखेको छ ।’

नेपालका कमल सिंह ऐरी १९औं ओभर बलिङ गर्दै थिए । आयरल्याण्डका मार्क एडेर ओभरको तेस्रो बलमा रन लिन दौडिए । नन स्ट्राइकर एण्डबाट दौडिएका एन्डी म्याब्रिन भने कमलसँग अल्झेर लडे ।

एण्डी उठेर रन लिन दौडिए । तर त्यसअघि नै कमलले थ्रो गरेको बल आसिफले क्याच गरिसकेका थिए । जुन बेला उनले सहजै रनआउट गर्न सक्थे । तर आसिफले गरेनन् ।

आसिफखले ब्याट्सम्यानले गल्ती नखेलेकोले खेल भावना देखाए । उता आश मारिसकेका एन्डीले भने जीवनदान पाए । अर्को बलमा एन्डीले कमललाई छक्का प्रहार गरे ।

आसिफले देखाएको खेल भावनापछि कमेन्टेटर एन्ड्रयुले पनि यसलाई आईसीसी स्प्रिट अफ दि इअर २०२२ को दाबेदारको रुपमा रहेको प्रतिक्रिया दिएका थिए ।

एन्ड्रयुले नेपालमा आएरसमेत कमेन्ट्री गरिसकेका छन् र उनी नेपाली क्रिकेटबारे जानकार छन् ।

क्रिकेटलाई जेन्टलम्यान गेम अर्थात भलादमीको खेल भनिन्छ । खेलमा जित र हार जस्तो नतिजा आए पनि आसिफले देखाएको स्पोर्ट्समयानसिपले भने नेपाली टोलीले प्रंशसा पाएको छ । अनि विकेटकिपर आसिफले पनि समर्थकको मन जितेका छन् ।

हेर्नुस् भिडियो –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?