+
+

कांग्रेस सांसदहरुलाई डा. महतको आग्रह- सबैभन्दा पहिले एमसीसीका भ्रम चिर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १०:४०

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले एमसीसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।

आज बसेको संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङ गर्दै कांग्रेस नेता महतले एमसीसी इन्डो प्यासेफिक अन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको बताए ।

यसबारे कुनै पनि दलले अन्यथा लिन नहुने बताउँदै पूर्वअर्थमन्त्री महतले भने, ‘तर अहिले जनमानसमा एमसीसीबारे अनेक भ्रम परेको छ । ती भ्रमहरू चिर्न जरुरी छ ।

तपाईंहरू सबैभन्दा पहिले भ्रम चिर्नतिर लाग्नुस् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?