+
+

सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो

सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा एक हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १२:३२

३ फागुन, काठमाडौं। मंगलबार सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा एक हजार २०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गतवर्ष फागुन ३ गते नै सुनको मूल्य आजकै बराबर थियो । आज तेजावी सुनको मूल्य तोलामा ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९५ हजार ५ सयमा छापावल र ९५ हजार रुपैयाँमा तेजावी सुनको मूल्य स्थिर थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको जुन सोमबारको तुलनामा २० रुपैयाँले बढी हो । अन्तराष्ट्रिय बजारकै कारण सुनको मूल्यले पुनः उचाई लिएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ ।

अमेरिकी मुद्रास्फिति पछिल्लो पाँच दशक यताकै तीव्र वृद्धिका कारण सुनको मूल्य बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मंगलबार अन्तराष्टिय बजारमा सुनको मूल्य प्रतिऔंस ३.९० प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?