+
+

एमसीसी टेबुल हुँदा माओवादी केन्द्रले विरोध जनाउने, जनवर्गीय संगठनहरु सडकमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १०:४३

४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्ध उभिएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल हुँदा विरोध जनाउने माओवादी केन्द्रले जनाएको छ ।

सडकबाट पनि दबाव दिने उद्देश्यले उसले आफ्ना सबै जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टीको निर्देशन अनुसार आज माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले नयाँबानेश्वरमा प्रदर्शन गर्दैछन् ।

पार्टी अध्यक्ष प्रचण्ड निकट माओवादी केन्द्रका एकजना नेताले संसदमा एमसीसी टेबुल हुँदा माओवादी केन्द्रले विरोध जनाउने बताए । प्रतिनिधि सभा सदस्यसमेत रहेका ती नेताले अनलाइनखबरसँग भने, ‘हामी स्पष्ट रुपमा एमसीसीको विरोधमा छौं ।

संसदमा टेबुल भए हामी विरोध जनाउँछौं ।’ दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्नुअघि बिहान १० बजे बोलाइएको संसदीय दलको बैठकले त्यसै अनुसारको निर्णय गर्ने ती नेताको भनाइ छ ।

माओवादी केन्द्रले युवा, विद्यार्थी, महिलालगायतका सबै जनवर्गीय संगठनहरुलाई एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार आज बिहान ११ बजे नयाँबानेश्वरमा भेला भएर विरोध प्रदर्शन गर्न लागेको वाईसीएलका नेता सुवोध शेर्पालीले बताए ।

‘महिला, विद्यार्थी, युवा, मजदुर लगायतका पार्टीका सबै जनवर्गीय संगठन भेला भएर विरोध प्रदर्शन गर्छौं’ शेर्पालीले भने, ‘यो पार्टीले दिएको निर्देशन अनुसार हो ।’

नेकपा (एकीकृत समाजवादी)ले पनि एमसीसीको विरोधमा आजै नयाँबानेश्वरमा प्रदर्शन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?