+
+

दीपकको कटाक्ष : सरकार नै संकटमा भएको देशका जनतालाई कसले बचाउला !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १७:१३
कलाकार दीपकराज गिरी । फाइल तस्वीर

४ फागुन, काठमाडौं । कलाकार दीपकराज गिरी देशको समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गरिरहन्छन् । देशका राजनीतिक तथा सामाजिक विकृतिमाथि उनी कटाक्ष गर्छन् ।

उनले केही समयअघि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सडकबाट नभई संसदले निर्णय गर्नुपर्ने धारणा राखेका थिए । बुधबार उनले एमसीसीका कारण सरकार नै संकटमा परेको भन्दै कटाक्ष गरेका छन् ।

दीपकले फेसबुकमा लेखेका छन्, ‘जुन देशको जनता संकटमा हुन्छ, त्यो देशको सरकारले बचाउँछ । तर जुन देशको सरकार नै सधैं संकटमा हुन्छ, त्यो देशको जनतालाई कसले बचाउँछ ।’

बुधबार एमसीसी परियोजना संसदमा टेबल गर्न लागेको विरोधमा विभिन्न राजनीतिक दलका कार्यकर्ताले प्रदर्शन गर्दा काठमाडौंको नयाँ बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?