
४ फागुन, काठमाडौं । बागमती प्रदेश सभाको बैठक ६७ दिनपछि बस्ने भएको छ ।
गत पुस ८ गते प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरुद्धपछि फागुन १६ गते प्रदेश सभाको बैठक बस्ने तय भएको प्रदेश सभाका सचिव कृष्णहरी खड्काले जानकारी दिए ।
सभामुख सानुकुमार श्रेष्ठले बुधबार सर्वदलिय वैठक बोलाएर प्रदेशसभाको बैठक राख्ने विषयमा सहमति गरेका हुन् ।
संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पुर्वमुख्यमन्त्रीद्वय अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल बुधबारको सर्वदलीय बैठकमा सहभागी भएका थिए ।
बैठकले फागुन १५ गते पुनः सर्वदलीय बैठक राख्ने र १६ गते प्रदेशसभाको बैठक बोलाउने विषयमा सहमति भएको सचिव खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4